आइतबार हुने निर्वाचनको तयारी मकवानपुरमा पनि सकियाे ( केही तस्वीर)

आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारी पुरा भएको छ । मकवानपुरका दश स्थानीय तहमा रहेका विभिन्न मतदान स्थलहरु निर्माण गरि निर्वाचनका लागि सम्पूर्ण तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले बताए । 

मकवानपुरमा २ वटा प्रतिनिधि सभा र ४ प्रदेशसभा निर्वाचन क्षेत्रमा कुल ३ लाख ७ सय ३३ जना मतदाताले मतदान गर्ने भएका छन् । मकवानपुर क्षेत्र नम्बर–१ मा कुल मतदाता १ लाख ५० हजार १ सय ५५ जना रहेका छन् । जस मध्यमा पुरुष मतदाता ७४ हजार ९ सय ३० जना रहेका छन् भने महिला मतदाता ७५ हजार २ सय २१ जना रहेका छन् । त्यस्तै ४ जना मतदाता रहेका छन् । 

यस क्षेत्रमा ६२ वटा मतदान स्थलमा १ सय ७२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा १४ वटा राजनीतिक दलका १४ जना उम्मेदवार र २ जना स्वतन्त्र गरी कुल १६ जना उम्मेदवार रहेका छन् । जसमा १ जना महिला र १५ जना पुरुष उम्मेदवार रहेका छन् । मकवानपुर क्षेत्र नम्बर–२ मा कुल मतदाता १ लाख ५० हजार ५ सय ७८ जना रहेका छन् । जस मध्येमा पुरुष ७८ हजार ५ सय ९८ जना रहेका छन् भने महिला मतदाता ७१ हजार ९ सय ७९ जना रहेका छन् । अन्य १ जना मतदाता छन् ।

यस क्षेत्रमा १ सय ५ वटा मतदान स्थलमा १ सय ९२ वटा मतदान केन्द्र रहेका छन् । यस क्षेत्रमा ९ वटा राजनीतिक दलका ९ जना उम्मेदवार रहेका छन् भने स्वतन्त्र १ जना गरी कुल १० जना उम्मेदवार बीचमा प्रतिस्पर्धा रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ३, २०७९ शनिबार १७:५९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया