कर्णालीमा कारागारबाटै गरे कैदी बन्दीले मतदान

कर्णालीमा कैदी बन्दीले कारागारबाटै मतदान गरेका छन् । निर्वाचन आयोगले कारागारमा रहेका कैदी वन्दीका लागि कारागारमै मतदान स्थलको व्यवस्था गरेको थियो । 

वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार डोल्पामा १४, सुर्खेतमा एक सय एक जना, दैलेखमा ६३, रुकुम पश्चिममा ६६, जाजरकोटमा ३२, कालिकोटमा २३, सल्यानमा १८ र हुम्लामा १७, कैदी बन्दी छन् । जुम्लामा एक सय सात कैदी बन्दी मध्य १४ जना मतदाताले समानुपातिक तर्फ मतदानमा सहभागी भएका छन् ।

यसै गरी प्रदेश निर्वाचन अधिकारी दुर्गा चालिसेका अनुसार रुकुम पश्चिमको कारागारमा एक सय २४ कैदी बन्दी भएकोमा ६६ जनाले मतदानमा सहभागी भए । कर्णालीमा रहेका कारागारहरूमा मतदानको व्यवस्था मिलाइए पनि हालसम्म कति कैदी बन्दीले मतदान गरे भन्ने विषयमा पूर्ण सूचना आइसकेको भने छैन । 





  • प्रकाशित मिति : मंसिर ४, २०७९ आइतबार १७:१४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया