मतगणनामा अग्रता : शीर्षमा एमाले, पछ्याउँदै कांग्रेस र स्वतन्त्र पार्टी

आइतबार सम्पन्न आमनिर्वाचनको मतगणना जारी छ । अहिले देशका अधिकांश जिल्लामा मतगणना भइरहेको हो । मतगणनाको सुरुआती परिणाममा नेकपा एमालेले अग्रता लिएको छ ।

एमालेलाई नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेका छन् । जारी मतगणनाअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, झापा, धनुषा, कास्की र मुस्ताङमा एमाले पहिलो स्थानमा छ । 

एमालेले पाँच स्थानमा सुरुआती अग्रता लिएको हो । एमालेले झापा–२, धनुषा–३ र ललितपरका तीनवटै क्षेत्रमा अग्रता लिएको छ ।

त्यस्तै, झापा–३, भक्तपुर–२ र मुस्ताङमा कांग्रेसका उम्मेदवार अगाडि छन् । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं–७ र कास्की–२ मा अग्रता लिइरहेको छ । 





  • प्रकाशित मिति : मंसिर ५, २०७९ साेमबार १०:२३:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया