logo-img

जिल्लास्तरीय वादविवादमा एभरेष्ट र साजिलाल प्रथम

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृति बोर्डिङ स्कूलमा आज सम्पन्न वादविवाद प्रतियोगितामा विराटनगर-५ स्थित एभरेष्ट मावि र सुन्दरहरैचाको साजिलाल मावी प्रथम भएका छन ।

 

 

स्मृति इङलिस बोर्डिङ स्कुल नेमुवा बुढिगंगा मोरङको आयोजनामा 'सामाजिक सन्जालको प्रयोग: नविनतम ज्ञानको खोजीकी समयको दुरुपयोग' भन्ने शिर्षकमा पक्ष विपक्षमा वादविवाद गराईएको थियो । उक्त शिर्षकको पक्षबाट साजिलाल र विपक्षबाट एभरेष्ट प्रथम भएका हुन् । तेस्रो स्व. चुडामणि न्यौपाने स्मृतिमा जिल्ला स्तरीय वादविवाद प्रतियोगितामा प्रथम हुने पक्षबाट साजिलाल माविकी आरती अधिकारी र बिपक्षबाट एभरेष्ट स्कुलका अभिनव वस्नेतले नगद १५/१५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रतियोगितामा द्वितीय पक्षबाट डिएभी स्कुल विराटनगरकी सेजल मेहता र बिपक्षबाट जुपिटर सेकेन्डरी स्कुलकी प्रगती अधिकारी हुनुभएको छ । उहाँहरूले नगद१३ /१३ हजार र तृतीय हुने पक्षबाट रेडस्टार माविकी सन्ध्या खड्का र बिपक्षबाट आदर्श माविका आदर्श बरालले नगद ११/११ हजारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भएको छ । प्रत्येक वर्ष माघ ९ गते हुने यश प्रतियोगीतामा यस वर्ष मोरङ ११ पालिकाबाट ३७ विद्यालयले सहभागिता जनाएको स्मृति इङलिस बोर्डिङ स्कुलकी संस्थापक प्रिन्सिपल रिता न्यौपानेले बताउनुभयो ।

 

 

 

 

कार्यक्रम संयोजक राजेश न्यौपानेको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य तथा लेखा समितिका अध्यक्ष ऋषिकेस पोख्रेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बुढिगंगा गाउँपालिकाका अध्यक्ष जितनारायण थापा, उपाध्यक्ष अमृता गच्छदार, मनमोहन प्राबिधिक विश्वविद्यालयका उपकुलपति डा. सुवास श्री पोख्रेल, समाजसेवी राजनितिज्ञ सत्यनारायण चौधरी स्थानीय बुद्धिजीवी, समाजसेवी, शिक्षा प्रेमी बिद्यार्थी लगायतको उपस्थिति थियो । प्रतियोगिताको निर्णायकमा प्रसिद्ध लेखक सुबिन भट्टराई, प्राध्यापक भेसजा काफ्ले र सिस्नोपानी नेपालका सचिव सरोज घिमिरे रहनुभएको थियो ।

 

 


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्