logo-img

गोरखा–२ (ख) मा कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी

गोरखा–२ (ख) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी भएका छन् । आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेका छन् । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल भएका हुन् ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए । सो क्षेत्रमा कुल २७ हजार चार सय ३० मत खसेको थियो । 







  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १०:३२:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया