कोरोना बिमाबापतको दाबी भुक्तानी आगामी मंगलबारबाट सुरु हुने

कोरोना बिमाबापतको दाबी भुक्तानी आगामी मंगलबारबाट सुरु हुने भएको छ । बिमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडलले लामो समयदेखि भुक्तानी हुन नसकेको कोरोना बिमाको दाबी भुक्तानी मंगलबारबाट गर्न लागिएको बताए ।

सरकारले दिएको एक अर्ब रुपैयाँमा थप ८१ करोड रुपैयाँ थपेर भुक्तानी गर्न लागिएको निर्देशक पौडेलले जानकारी दिए । उनले नेपाल पुनर्बिमा कम्पनीको रकम नआए पनि अब दाबी भुक्तानी नरोकिने बताए । 

बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमामा १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको छ । हालसम्म कोरोना बिमा पुलमार्फत ३ अर्ब ५० करोड रुपैयाँ र बिमा कम्पनीबाट १ अर्ब २८ करोड ८१ लाख ७१ हजार रुपैयाँ गरी ४ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ दाबी भुक्तानी भइसकेको छ । 





  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार १७:३७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया