logo-img

दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री बडू​ विजयी

दार्चुलाबाट प्रतिनिधिसभामा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेका केन्द्रीय सदस्य दिलेन्द्र बडू विजयी भएका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीसमेत रहेका बडू​ २८ हजार ५ सय १५ मत ल्याएर विजयी भएका हुन् । 

उनले एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेश ठगुन्नालाई पराजित गरे । उनले २६ हजार ३ सय ८१ मत ल्याए । ५७ हजार ६ सय ६३ मत खसेकोमा २ हजार १ सय ३४ मत अन्तरल बडू विजयी भए । 

वैशाखमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा दार्चुलाबाट कांग्रेसले कुनै पनि स्थानीय तह जित्न सकेन । ०७० मा बडू ठगुन्नासित पराजित भएका थिए । ०७४ मा भने उनी समानुपातिकबाट प्रतिनिधि सभा सदस्य थिए । बड ०४८ सालदेखि चुनाव लड्दै आएका छन् । उनले २०४८, २०५६ मा मात्र चुनाव जिते भने २०५१, २०६४ र २०७० मा पराजय भोगेका थिए ।







  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २१:५७:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया