logo-img

गोरखा १ मा कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित

गोरखा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बजगाईंले नेकपा एमालेका रामशरण बस्नेतलाई १६ हजार ६ सय ४३ मतको फराकिलो अन्तरले पराजित गरेका हुन् । 

बजगाईंले ३३ हजार ४ सय २८ मत प्राप्त गर्दा बस्नेतले १६ हजार ७ सय ८५ मत प्राप्त गरेका छन् । ०७४ को निर्वाचनमा बजगाईं उनै बस्नेतसँग प्रदेशसभामा पराजित भएका थिए ।

बस्नेत नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री बनेका थिए । 







  • प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार २२:२८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया