विश्व कप फुटबल : क्यामरुन र सर्बियाले बराबरी खेले

फिफा विश्व कप फुटबल प्रतियाेगिताअन्तर्गत आज साेमबार कतारकाे अल जनाैब स्टेडियममा भएको पहिलाे खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् ।

२९औँ मिनेटमा क्यामरुनका जेन चार्लेस कास्टेलेटाेले गोल गरेर अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयको दुई मिनेटभित्र सर्बियाका स्ट्राहिना पाभ्लोभिच पाभ्लाेभिक र सर्गे मिलिन्कोभिक साभिकले गोल गरेर खेललाई २–१ को अवस्थामा पुर्‍याए । 

खेलकाे ५३ मिनेटमा एलेकसनदर मिट्राेभिकले गोल गरेपछि सर्बिया ३–१ को अवस्थामा पुगेको थियो । तर कोलम्बियाका भिन्सेन्ट एबाेउबकरले ६३ र इरिक म्याक्सिम  चाेउपाे मोटिङले ६६ मिनेटमा गोल गर्दै खेललाई ३–३ गोलको रोचक बराबरीमा ल्याए ।

समूह 'जी' मा दुई खेलमा समान १/१ अंकसहित क्यामरुन तेस्रो र सर्बिया चौथो स्थानमा छन् ।





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार १८:३६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया