logo-img

घाइते तीन नगर प्रहरी आइसियुमा

सोमबार दिउँसो थापाथलीस्थित सुकुम्बासी बस्तीका अवैध संरचना हटाउने क्रममा स्थानीयको आक्रमणमा परी घाइते भएका काठमाडौं महानगरका तीनजना प्रहरीको आइसियुमा राखेर उपचार भइरहेको छ ।

स्थानीयले ढुंगामुढा प्रहार गर्दा महानगर प्रहरी प्रमुख राजु पाण्डेसहित १८ जना घाइते भएका महानगरपालिकाले जनाएको छ । 

सोमबार साँझ एक विज्ञप्तिमार्फत महानगरले उक्त आक्रमणमा संलग्नहरूलाई कानुन बमोजिम कारबाही गर्न प्रहरीमा उजुरी समेत गरेको जनाएको छ । 

उक्त आक्रमणमा संलग्न व्यक्तिहरूको नाम समेत खुलाई महानगरीय प्रहरी वृत्त टेकुमा जाहेरी दिएको महानगरको विज्ञप्तिमा उल्लेख छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७९ साेमबार २१:५१:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया