चोलेन्द्र सर्वोच्च फर्कने तयारीपछि सुरक्षा व्यवस्थामा कडाइ
फाइल तस्बिर

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्कने तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । जबराले आफूविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय भएको भन्दै बुधबार दिउँसो सर्वोच्च फर्कने घोषणा गरेका छन् । उनले आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जानकारी दिए ।

तर, सर्वोच्च अदालतले भने जबराको महाअभियोगसम्बन्धी प्रस्ताव आइनसकेको जानकारी दिएको छ । जबराले विभिन्न मिडियामा अन्तर्वार्ता दिँदै आजै आफू सर्वोच्च फर्कन लागेको बताएका छन् । उनले आफूले मंगलबार संसद् सचिवालयलमा महाअभियोगको प्रक्रियाबारे जान्न निवेदन दिएको र त्यसमा महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र आफूलाई दिइएकाले सर्वोच्च फर्कन लागेको जानकारी दिए । 

चोलेन्द्रविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय, सर्वोच्च फर्किने तयारी
 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १३:३३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया