बुद्ध एयरले १६ डिसेम्बर ०२२ (१ पुस) देखि काठमाडौं–सुर्खेत उडान एटीआर ७२ जहाजबाट गर्ने भएको छ । अहिले बुद्ध एयरले यस गन्तव्यमा एटिआर ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएको छ ।
यात्रुको माग र सुविधालाई ध्यानमा दिएर एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरू अधिक लाभान्वित हुने बुध्द एयरको भनाइ छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।