चिल ठोकिएकाे तारा एयरको विमानका चालक दलका सदस्य सकुशल

तारा एयरको ट्विनअटर विमानमा चिलसँग ठोक्किँदा विमानमा क्षति भएको छ । हुम्लाको मने लेकनजिकै चिलसँग ठाेकिए पनि मानवीय क्षति भने भएको छैन ।

नेपालगन्जदेखि सिमकोट विमानस्थल हुम्ला आउँदै गरेको ९ एन-एकेएल कलसाइन भएको तारा एयरलायन्सको जहाज बुधबार दिउँसो १२:४५ बजे सिमकोट विमानस्थलमा अवतरण गर्नुभन्दा २ मिनेटअगाडि अगाडिको टुप्पोमा चिल ठोक्किएको थियो ।

चिलसँग जहाज ठोक्किएपछि हुम्लाको सिमकोट विमानस्थलमा सुरक्षित रुपमा जहाज अवतरण गरिएको छ । सिमकोट विमानस्थलका कर्मचारीका अनुसार जहाजको अगाडिको भागबाट चिल ठोक्किएर जहाजको नोजभित्र चिल छिरेको छ ।

नेपालगन्जदेखि चामल लिएर आएको जहाजमा चालक दलका तीनजना सदस्य थिए । उनीहरू सकुशल रहेको र अहिले उक्त जहाज सिमकोट विमानस्थलमै राखिएको बताइएकाे छ । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १६:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया