दिल्ली नगर निगममा आम आद्‌मी पार्टीलाई बहुमत, १५ वर्षपछि सत्ताबाट बाहिरियाे भाजपा

दिल्ली नगर निगम (एमसिडी)मा आमआद्मी पार्टी (आप)ले बहुमत प्राप्त गरेकाे छ । पछिल्लो चुनावी परिणामसँगै १५ वर्षदेखि सत्तामा रहेको भारतीय जनता पार्टी (भाजपा) सत्ताबाट बाहिरिएको छ । 

२५० सिटमध्ये आपले १३४ सिटमा विजय हासिल गरेको छ भने कांग्रेस आईले नाै र अन्य दलले तीन सिट प्राप्त गरेका छन् । 

चुनावी परिणाम सार्वजनिक भए लगत्तै दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले दिल्लीका जनतालाई बधाई दिएका छन् । उनले कामका लागि केन्द्र सरकारको पनि सहयोग चाहिने र प्रधानमन्त्रीको पनि आशीर्वाद चाहिने बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर २१, २०७९ बुधबार १६:३०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया