logo-img

साढे २ करोड धरौटीमा छुटे आयल निगमका पूर्वकार्यकारी खड्का

काठमाडौं– नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्का २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन् ।

भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशअनुरुप धरौटीका लागि नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेपछि उनी मंगलबार तारेखमा छुटेका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले उनीसँग २ करोड ५० लाख रुपैयाँ धरौटी माग्ने आदेश दिएको थियो ।

खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको भन्दै अख्तियारले उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेषले हाजिर हुन म्याद पठाएको ३०औँ दिनमा खड्का हाजिर हुन आएका थिए । 







  • प्रकाशित मिति : माघ २९, २०७५ मंगलबार १८:४१:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया