कीर्तिपुरमा स्कुल बस र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीको मृत्यु

काठमाडौंको कीर्तिपुरमा कीर्तिपुरमा स्कुल बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजना सशस्त्र प्रहरीको मृत्यु भएको छ । 

 कीर्तिपुर नगरपालिका - ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको सडकमा इण्डियन मोडर्न स्कूलको ना.१क १६१२ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय सुवासचन्द्र रतालाको ज्यान गएको हो ।

बसको ठक्करबाट गम्भिर घाइते भएका रतालाको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बझाङको जयपृथ्वीबहादुर नगरपालिका -५  कोटेलीका रताला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए । बस चालक प्रहरी नियन्त्रणमा छन् ।  





  • प्रकाशित मिति : मंसिर २५, २०७९ आइतबार १२:८:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया