logo-img

धादिङमा दम्पती मृत फेला

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका– ३ मुलपानीस्थित आहालेमा वृद्ध दम्पती मृत अवस्थामा भेटिएका छन् । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने आहालेका विष्णुबहादुर आलेमगर र उनकी श्रीमती निरमाया आलेमगर आफ्नै घरमा मृत भेटिएका हुन् ।  

काठको कच्ची घरमा बस्दै आएका दम्पतीलाई सोमबार बिहान करिब ८ बजे स्थानीयले मृत अवस्थामा फेला पारेका हुन् । 

विष्णुबहादुरको शव घर बाहिर खाटमा उत्तानो परेको अवस्थामा निधारमा र दाहिने आँखामाथि चोट लागेको छ भने कपडा ओढाइराखेको अवस्थामा छ । 

घटनास्थल वरपर शंकास्पद केही नदेखिएकाे र चोट लागेको ठाउँमा रगतका टाटा मात्रै देखिएकाे स्थानीयकाे भनाइ छ । मृत दम्पतीका एक छोरी र दुई छोरा छन् ।





  • प्रकाशित मिति : मंसिर २६, २०७९ साेमबार १८:२३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया