logo-img

अर्जुननरसिंह केसी र माधव नेपालबीच भेटवार्ता

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच भेटवार्ता भएकाे छ । 

केसी मंसिर ४ को निर्वाचनबाट नुवाकाेट–२ बाट निर्वाचित सांसद हुन् । आज नेपाल निवास काेटेश्वरमा भएको भेटमा निर्वाचनको समीक्षा गरिएको केसीको सचिवालयले जनाएको छ । 

उनीहरूबीच करिब ४५ मिनेट कुराकानी भएको छ । भेटमा राष्ट्रिय राजनीतिबारे पनि महत्त्वपूर्ण कुराकानी भएकाे जनाइएको छ ।



गत आइतबार एमाले अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका केसीले हिजो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग पनि भेटवार्ता गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर २७, २०७९ मंगलबार १९:१३:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया