कैलालीको धनगढी उपमहानगरपालिकाले सुदूरपश्चिमका मुख्यमन्त्री र मन्त्रीहरुलाई सम्मान गर्दै धन्यवाद दिएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टसँगै भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आर्थिक मामिला मन्त्री प्रकाश रावल र प्रदेशका प्रमुख सचिव नारायणप्रसाद शर्मा दुवाडीलाई सम्मान गर्दै उपमहानगरपालिकाले धन्यवाद दिएको हो ।
संविधानको मर्मअनुसार समन्वय, सहकार्य र सहअस्तित्व अनुसार धनगढीको विकासलाई सहयोग गरेको भन्दै उपमहानगरको कार्यालयमा नै बुधबार कार्यक्रममा गरी सम्मान गरेको हो ।
धनगढी उपमहानगरपालिकाको आग्रहमा प्रदेश सरकारले धनगढीको मुख्य सडक कैलाली पुलदेखि क्याम्पसचोकसम्मको मुख्य सडक निर्माणका लागी सहकायै गर्दै ६० करोड बजेट बिनियोजन गरेपछि उपमहानगरले प्रदेशका मुख्यमन्त्रीलगायत मन्त्री र मुख्य सचिवलाई सम्मान गर्दै धन्यवाद दिएको हो ।
धनगढी उप महानगरपालिकाको मेयर गोपाल हमाल र उप मेयर कन्दकला रानाले उनीहरुलाई माला र कदरपत्र दिएर सम्मान गरेका हुन् ।
सम्मान कार्यक्रममा बोल्दै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले मुख्य मन्त्री तथा प्रदेशका मन्त्रीलगायत सचिवहरुलाई उपमहानगरसँगको सहकार्यका लागि धन्यवाद दिए ।
उपमहानगरको बजेटले हुन नसक्ने काममा प्रदेश सरकारले सहयोग गरेर विकासमा हातेमालो गरेको भन्दै उनले धन्यवाद दिए । आगामी दिनमा यस्तै सहकार्य गर्न उनको अनुरोध गरे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।