logo-img

थप ४ जनामा कोरोना भाइरस संक्रमण, सक्रिय संक्रमितको संख्या १५

बिहीबार थप ४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३० नमुनामध्ये ४ को रिपोर्ट पोजेटिभ आएको हो।

मन्त्रालयका अनुसार २१९ नमुनाको पिसिआर र ५११ नमुनाको एन्टिजेन विधिबाट परीक्षण भएको थियो। जसमध्ये पिसिआरबाट ३ र एन्टिजेनबाट १ जनामा संक्रमण देखिएको हो।



बिहीबार थप ४ जना डिस्चार्ज भएका छन्। हाल सक्रिय संक्रमितको संख्या १५ रहेको मन्त्रालयले  जनाएको छ।

पछिल्लो २४ घन्टामा ७९०९ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार १६:५७:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया