आफैँ संसदीय दलको नेता लड्ने तयारीमा डा. शेखर, के गर्लान् गगन थापा ?

भर्खरै सम्पन्न आमनिर्वाचनमा पहिलो दल बनेको नेपाली कांग्रेसमा संसदीय दलको नेता को बन्ला भन्नेमा धेरैको चासो छ । वर्तमान प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा आफैँ संसदीय दलको नेता लड्ने तयारीमा छन् । 

महामन्त्री गगन थापाले त निर्वाचनअघिबाटै संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन् । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले खुला रुपमै समर्थन गर्दै आएका छन् । 

कांग्रेसको गत महाधिवेशनमा डा. शेखर कोइरालाको समूहबाट महामन्त्री बनेका थापाले संसदीय दलमा आकांक्षा देखाए पनि कोइराला स्वयं संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारीमा छन् ।

शेखर र उनी निकट नेताहरु गगनलाई संसदीय दलको नेताको उम्मेदवार मान्न तयार नरहेको बताइन्छ । आफ्नो समूहमा छलफलै नगरी गगनले संसदीय दलको नेताको उम्मेदवारी घोषणा गरेको भन्दै सोही समूहका नेतासमेत रुष्ट छन् ।

महामन्त्री थापालाई १५औं महाधिवेशनमा शेखरलाई सभापतिमा समर्थन गर्ने वचनबद्धता गराएर उनलाई संसदीय दलको नेतामा समर्थन गर्नुपर्ने एकथरीको मत छ । 

उनीहरुले गगन र विश्वप्रकाशको निकटतालाई पनि शंकाको दृष्टिले हेरेका छन् । विश्वप्रकाश गत महाधिवेशनमा देउवा समूहबाट टिकट नपाएपछि अन्तिममा प्रकाशमान सिंहको प्यानलबाट महामन्त्री लडेका थिए । 





  • प्रकाशित मिति : मंसिर २९, २०७९ बिहीबार २१:३४:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया