मेसी भर्सेस एम्बाप्पेः के भन्छ तथ्यांक ?

आइतबार राति हुने विश्वकप २०२२ को फाइनल खेलको प्रतीक्षा विश्वभरका फुटबल प्रेमीहरुलाई छ । यो खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दैछन् ।

साविक विजेता फ्रान्सले लगातार दोस्रो पटक जितेर तेस्रो पटक ट्रफी उचाल्न खोजिरहेको छ भने अर्जेन्टिनाले पनि तेस्रो पटक नै विश्वकपको ट्रफी उचाल्न खोजिरहेको छ । 

यी दुई देशको खेलमा निकै चासोका साथ हेरिएका दुई खेलाडी हुन्, अर्जेन्टिनाका लियोनल मेसी र फ्रान्सका किलियन एमबाप्पे ।

यो विश्वकपमा यी दुई खेलाडको तथ्यांकलाई एकपटक हेरौँ ।

यो विश्वकपमा यी दुईमा मेसीले ८ पटक गोल गर्न एसिस्ट गरेका छन् भने एम्बाप्पेले सात पटक । यी दुईले यो विश्वकपमा समान पाँच गोल गरेका छन् । 

अनि यी दुईमध्ये मेसी ४ पटक म्यान अफ द म्याच भएका छन् भने एम्बाप्पे ३ पटक ।



यो विश्वकपमा मेसीले १४ पटक गोलपोस्टमा प्रहार गर्दा एम्बाप्पेले ११ पटक गोलपोस्टमा सटिक प्रहार गरेका छन् ।



  • प्रकाशित मिति : पुस १, २०७९ शुक्रबार २२:१५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया