देउवाले पार्टीका सांसदलाई बोलाए बालुवाटार
फाइल तस्वीर ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित कांग्रेसका प्रतिनिधि सभा सदस्यहरुलाई बालुवाटार बोलाएका छन् ।

उनले बधाई दिनका लागि कांग्रेसका सांसदलाई बालुवाटार बोलाएका हुन् । नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी चलिरहँदा देउवाले सांसदहरुलाई बोलाउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

कांंग्रेसले ३ पुसबाट संसदीय दलको नेता चुन्न प्रक्रिया सुरु गर्दैछ । देउवाले संसदीय दलको नेतामा दोहोरिन चाहेका छन् ।

देउवाले शनिबार दिउँसो ३ बजे सांसदहरुलाई बालुवाटार बोलाएका हुन् । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ जना गरेर ८९ सांसद निर्वाचित भएका छन् ।





  • प्रकाशित मिति : पुस २, २०७९ शनिबार ९:३२:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया