विश्वकप फाइनल हेर्न फ्रान्सेली राष्ट्रपति कतारमा

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों फिफा विश्वकप २०२२ को फाइनल खेल हेर्नका लागि कतारमा जाने भएका छन् । खेलाडी र शुभचिन्तकलाई साथ दिन फ्रान्सेली राष्ट्रपति म्याक्रोँ आइतबार कतार जान लागेका हुन् ।

फ्रान्सले उपाधिका लागि आज अर्जेन्टिनाको सामना गर्दैछ । यी दुई टोलीबीचको खेल राति ८ः४५ देखि लुसेल स्टेडियमा सुरु हुनेछ ।  

अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताएका छन् ।

‘लाखौँ देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको मज्जा लिनेछु । म यो अद्भुत क्षणलाई पहिलेजस्तै मेरा मानिसहरूसँग मिलेर बाँच्नेछु । हाम्रा उत्कृष्ट खेलाडी मैदानमा हुनेछन् र गौरवशाली फ्यानहरू स्ट्यान्डमा हुनेछन्,’ फर्नान्डिजले ट्विटरमा लेखेका छन् ।   





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १३:५७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया