logo-img

मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत, अब सरकार आफैंले वैदेशिक रोजगारीमा पठाउने

आइतबार बसेको मन्त्रिपरिषद बैठकले वैदेशिक रोजगारीमा मौसमी श्रमिक पठाउने कार्यविधि स्वीकृत गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरका अनुसार कार्यविधि स्वीकृत भएसँगै अब सरकारले क्यानडा, बेलायत, दक्षिण कोरिया लगायतका देशमा मौसमी श्रमिक पठाउने छ । 

पछिल्लो समय श्रमिकहरूका लागि आकर्षक गन्तव्य बन्दै गएका ती मुलुकमा सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने भएको हो । 

पछिल्लो समय मौसमी कामका लागि नेपाली श्रमिकको आकर्षण बढ्दै गएको छ । जस कारण ठगीको जोखिमसमेत बढ्न थालेपछि सरकार आफैंले शून्य लागतमा मौसमी श्रमिक पठाउने तयारी गरेको हो । 





  • प्रकाशित मिति : पुस ३, २०७९ आइतबार १५:२७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया