फ्रेन्च राइजिङ स्टार किलियन एम्बाप्पेले विश्वकपको फाइनलमा चमात्कार गरेका छन् । उनले २ मिनेटमा दुई गोल गरेर फ्रान्सलाई अर्जेन्टिानसँग बराबरीमा ल्याएका छन् ।
हाफटाइमअगाडि २–० को अग्रता लिएको अर्जेन्टिनाका लागि फ्रान्सका एम्बाप्पे चुनौति बने ।
उनले ८० औं मिनेटमा पेनाल्टीमा गोल गरे । त्यसको एक मिनेटमा नै उनले फ्रान्सका लागि दोस्रो गोल गरे ।
योसँगै विश्वकपको फाइनलमा सबैभन्दा छिटो दुई गोल गर्ने खेलाडी पनि एम्बाप्पे बनेका छन् ।
एम्बाप्पेले यो विश्वकपको यो फाइनलमा अर्को पनि रेकर्ड बनाएका छन् । लगातार दुई विश्वकपका फाइनलमा गोल गर्ने खेलाडीमा एम्बाप्पेले आफ्नो नाम दर्ज गरेका छन् ।
उनले २०१८ मा पनि क्रोएसियाविरुद्ध गोल गरेका थिए । यसअघि ब्राजिलका भाभाले पनि विश्वकपका फाइनलमा लगातार दुई एपिसोडमा गोल गरेका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।