logo-img

जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साहलाई ज्ञापनपत्र

जानकी फूलबारी अतिक्रमण प्रतिवेदन २०७६ को प्रभावकारी कार्यान्वयन गर्न माग गर्दै जनकपुर नागरिक समाजका अगुवा मुरलीमनोहर मिश्रले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई ज्ञापनपत्र बुझाएका छन् ।
 
मिश्रले जनकपुरधामको धार्मिक, ऐतिहासिक एवं पुरातात्विक दृष्टिले महत्वपूर्ण मानिएको जानकी मन्दिर जस्ता धरोहर एवं सार्वजनिक महत्वका स्थलहरू, मठ मन्दिर, तलाव तथा खाली जग्गामा नियमित नियन्त्रण वा निषेध गरिएका क्रियाकलापहरु नगर्न/नगराउन आग्रह गरेका हुन् । 

ज्ञापनपत्रमा परिषद्द्वारा तोकिएको धार्मिक, सार्वजनिक तथा गुठी अधिनस्थ जानकी मन्दिरको पूर्वतर्फको जानकी फूलबारीलाई यस परिषद्को दफा १४ अनुसार संरक्षण गरी दफा १३ बमोजिम परिषद्को पूर्वस्वीकृतिविना अतिक्रमण गरी निर्माण गरिएको भाग अतिक्रमणमुक्त गर्न जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा २०७६ माघ २ गतेको पत्र बमोजिम जानकी फुलवारीको जग्गा नाप जाँचको मुचुल्कासहितको प्रतिवेदनलाई प्रभावकारी कार्यान्वयन गर्न माग गरिएको छ ।
 
प्रतिवेदन कार्यान्वयन नभए जनकपुर नागरिक समाज शान्तिपूर्वक आन्दोलनसहित विभिन्न दबाबमूलक कार्यक्रम गर्न बाध्य हुने चेतावनीसमेत दिइएको छ ।
 







  • प्रकाशित मिति : पुस ५, २०७९ मंगलबार १९:२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया