logo-img

मेयर साम्पाङलाई अदालतको आदेश : साबुन उद्योग निर्माण रोक्नू

उच्च अदालत विराटनगरले धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङलाई साबुन उद्योग निर्माण रोक्न अन्तरिम आदेश जारी गरेको छ ।  

वन क्षेत्रमा साबुन उद्योग निर्माण अघि बढाएपछि परेको एक रिटमा सुनुवाइ गर्दै उच्च अदालतले मेयर साम्पाङ र धरान उपमहानगरपालिकाविरुद्ध अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश रामबहादुर थापा र किरणकुमारी गुप्ताको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिएको हो । अदालतको अन्तरिम आदेशसँगै धरान उपमहानगरपालिका–२० स्थित नमुना टोलमा जारी साबुन उद्योग निर्माण रोकिने भएको छ । 



डिभिजन वन कार्यालय सुनसरीले वन क्षेत्रको जग्गामा उद्योग खोल्नुपर्ने भए जग्गाको भोगाधिकार प्राप्त गरेर मात्रै काम अघि बढाउन उपमहानगरपालिकालाई आग्रह गरेको थियो ।

वनको उक्त आग्रहप्रति अटेर गर्दै मेयर साम्पाङले उद्योग निर्माणलाई अघि बढाएका थिए ।   





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार १२:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया