logo-img

कर्णाली प्रदेशको कांग्रेस संसदीय दलमा जीवनबहादुर शाही र राजीवविक्रम शाह प्रमुख दाबेदार

कांग्रेस कर्णाली प्रदेशको संसदीय दलको नेता चयनका लागि कार्यतालिका सार्वजनिक भएको छ । 

संसदीय दलको निर्वाचन गर्न बनेको निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यसूची अनुसार शनिबार दलको नेता चयन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो।

बिहीबार बसेको प्रदेश कार्य समितिको बैठकले पुस ९ गते शनिबार संसदीय दलको नेता चुन्ने निर्णय गरेको थियो।



निर्वाचन समितिका संयोजक कृष्णबहादुर रोकायाका अनुसार शनिबार बिहान ९ बजेदेखि ११ बजेसम्म मतदान गर्ने कार्यतालिका छ। कर्णाली प्रदेश सभामा दलको नेताका लागि मनोनयन दर्ता गर्न २५ हजार रूपैयाँ शुल्क तोकिएको छ।

यसका लागि शुक्रबार दिउँसो साढे ३ बजेसम्म दलको नेताका लागि उम्मेदवारी दिने समय तोकिएको छ। सोही दिन दिउँसो १२ बजेसम्म दाबीविरोध गर्ने समय तोकिएको छ। यस्तै बेलुका पाँच बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने समय तोकिएको छ।बेलुका ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

कर्णाली प्रदेश सभाको दल नेताका लागि हालका मुख्यमन्त्री हुम्लाका जीवनबहादुर शाही र जाजरकोटका राजीवविक्रम शाह प्रमुख दाबेदार हुन्। उनीहरू दुवैजना कांग्रेसको संस्थापन पक्षका हुन्।





  • प्रकाशित मिति : पुस ७, २०७९ बिहीबार २१:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया