चिकित्सकको लापरबाहीले बिरामीको ज्यान जोखिममा परेको परिवारको आरोप

जनकपुरधाममा चिकित्सकको लापरबाहीले एक वृद्धाको ज्यान जोखिममा परेको परिवारजनले आरोप लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा डा. शैलैन्द्र मिश्राले सञ्चालन गरेको जनकपुर हेल्थ क्लिनिकमा उपचारको क्रममा ७० वर्षीया अनारोदेवीलाई चेकजाँचमा लापरवाही गर्दै डा. मिश्राले ८ वटा इन्जेक्सन लगाएपछि उनको अवस्था थप जटिल बनेको आरोप लगाइएको हो । 

डा. मिश्राले इन्जेस्कन लगाएको केही घण्टा नबित्दै अनारोदेवीको शरीरको छाला जलेर घाउ भएको छ । अहिले उनको जनकपुर ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । डा. मिश्रालाई अनारोदेवीका छोरा परमेश्वर साह सुडीले फोन गरेर गलत उपचार किन गरेको भन्दै गुनासो गर्दा उल्टै धाकधम्की दिएको जानकारी दिए । 

डा. मिश्राले हस्पिटलमा अनारोदेवीलाई भर्ना गराएको थाहा पाएलगत्तै हस्पिटलमा आएर उनले आफ्नो नीजि क्लिनिकमा गरेको स्वास्थ्य उपचारको सम्पूर्ण रसिद र डकुमेन्टहरु चोरी गरेर लगेको उनले आरोप लगाए । 

जनकपुर ग्राण्डी अस्पतालका व्यवस्थापक विनोद कुमार महराले अनारोदेवी सिकिस्त अवस्थामा उपचारका लागि भर्ना भएपछि गलत ढंगले उपचार भएको देख्दा आफूहरुले इमर्जेन्सीमा भर्ना गरि तत्काल उपचार सुरु गरेको बताए ।

यता डा. शैलेन्द्र मिश्राको लापरवाहीले गर्दा ज्यान नै जोखिममा परेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा पीडित परिवारजनले जाहेरी दर्ता गराएका छन् । यता, यस घटना सम्बन्धी छानविन भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएपनि पीडितको तर्फबाट अहिलेसम्म जाहेरी भने दर्ता नगरिएको जनाएको छ ।

पीडित परमेश्वर साहले क्षतिपूर्तीसहित गलत उपचार गर्ने चिकित्सक डा. शैलेन्द्र मिश्रालाई कारवाही गर्नुपर्ने माग गरेका छन् । उनले आफ्नो आमालाई डा. शैलेन्द्र मिश्राले गतल इन्जेकसन लगाएकोले उनको पूरा शरीरमा घाउ भएको दाबी गरेका छन् । 





  • प्रकाशित मिति : पुस ८, २०७९ शुक्रबार १७:३०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया