नेपाल टी–२० लिग : लुम्बिनीले दियो विराटनगरलाई १५८ रनको लक्ष्य

काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई १ सय ५८ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनायो । उसका लागि ओपनर तथा विकेटकिपर लाहिरु मिलन्थाले उत्कृष्ट पारी खेले ।

लगातार दोस्रो अर्धशतकीय इनिङ खेल्ने क्रममा उनले आज ६३ बलमा पाँच चौका र चार छक्कासहित अविजित ८० रन बनाए । पहिलो खेलमा मिलन्थाले ५० बलमा आठ चौका र एक छक्काको मद्दतमा ६० रनको पारी खेलेका थिए । त्यस्तै, कुशल भुर्तेलले २६ र कप्तान दीपेन्द्र सिंह ऐरीले १६ रन जोडे ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । विराटनगरका लागि नन्दन यादव, हुसेन तलत, सिकन्दर राजा, साहब आलम र आन्द्रे आन्द्रे म्याककार्थीले एक/एक विकेट लिए । 

लुम्बिनीले पहिलो खेलमा फार वेस्ट युनाइटेडलाई ६७ रनले हराएको थियो । विराटनगर प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । 





  • प्रकाशित मिति : पुस १०, २०७९ आइतबार ११:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया