प्रचण्डलाई भेट्न खुमलटार जाँदै ओली
फाइल तस्बिर

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्ने भएका छन् । प्रचण्डलाई भेट्न उनी खुमलटार जाने तयारीमा छन् ।

प्रचण्ड तेस्रोपटक प्रधानमन्त्री भएपछि ओली पहिलोपटक खुमलटार जान लागेका हुन् । प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि खुमलटार बोलाएका छन् ।

ओलीसँग भेट्नुअघि आज बिहान प्रचण्डले नेपालसँग छलफल गरेका थिए । छलफलमा उनले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । आज बिहान नै प्रचण्डले जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । 





  • प्रकाशित मिति : पुस १३, २०७९ बुधबार १२:३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया