आज गुरुङ समुदायले ‘तमु ल्होसार’ मनाउँदै, देशैभर सार्वजनिक बिदा
फाइल तस्बिर

गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक साल पुस १५ मा यो चाड मनाइने गरिन्छ । गुरुङ समुदायमा पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने हेतु यो पर्व मनाउने चलन रहेको छ ।

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । 

तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउँछन् । आजको रात सबैभन्दा लामो हुने भएकाले पनि यो पर्वको विशेष महत्व रहेको छ ।

तमु ल्होसारको अवसरमा आज सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । 





  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार ७:४६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया