मधेस प्रदेशसभामा ८३ नयाँ अनुहारको प्रवेश, २४ जना पुनः दोहोरिए

मधेस प्रदेशसभामा १०७ मध्ये ८३ नयाँ अनुहारले यसपटक प्रवेश पाएका छन् । प्रदेशसभामा प्रत्यक्षतर्फ ४१ र समानुपातिकतर्फ जसपाका मनिषकुमार सुमनबाहेक अन्य ४२ जना पनि नयाँ अनुहार नै रहेका छन् । 

अघिल्लो निर्वाचनमा चुनिएका २३ जना प्रत्यक्ष निर्वाचित र जसपाका मनिषकुमार सुमन समानुपातिक कोटाबाट यसपटक पुनः दोहोरिएका हुन् । मधेस प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६४ र समानुपातिक ४३ जना गरी जम्मा १०७ सदस्यीय सांसद चुनिने व्यवस्था रहेको छ ।

यसपटक मधेस प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जनमत पार्टी, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीसहित १० वटा दलको प्रतिनिधित्व रहेको छ ।

मधेस प्रदेशसभामा एमालेले प्रत्यक्षमा १५ र समानुपातिक ८ गरी २३ सिट पाएर पहिलो दल बनेको छ । यस्तै, नेपाली कांग्रेस प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिट पाएर दोस्रो, जनता समाजवादी पार्टी प्रत्यक्षमा ९ र समानुपातिकमा ७ गरी १६ सिट पाएर तेस्रो, जनमत पार्टी प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी १३ सिटसहित चौथो दल बनेको छ ।

यस्तै, लोसपाले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी ९ सिट पाएर पाँचौँ, माओवादी केन्द्र प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी ८ सिट पाएर छैठौं तथा एकीकृत समाजवादी प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी ७ सिट पाएर सातौँ दल बनेको छ । 

मधेस प्रदेशसभामा राप्रपा, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकमा १–१ सिट पाएका छन् । 



मधेस प्रदेशसभामा यसपटक ६ जना स्वतन्त्र उम्मेदवारहरू निर्वाचित भए पनि सर्लाही–३ (क) बाट स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहा बिहीबार नेकपा माओवादी केन्द्रमा प्रवेश गरिसकेका छन् । योसँगै मधेस प्रदेशमा नेकपा माओवादी केन्द्रको सांसदको संख्या ९ पुगेको छ ।

प्रत्यक्ष निर्वाचित भएर प्रदेशसभामा प्रवेश पाएका यी हुन् नयाँ अनुहार 



सप्तरीबाट

सप्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेका राजकुमार लेखी
सप्तरी १ (ख) बाट निर्वाचित जनमत पार्टीका सकिय मियाँ
सप्तरी २ (क) बाट निर्वाचित जनमतका सतिश कुमार सिंह
सप्तरी २ (ख) बाट निर्वाचित जनमतका महेश प्रसाद यादव
सप्तरी ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका मोहम्मद समीम
सप्तरी ३ (ख) बाट निर्वाचित जनमत पार्टीका शम्भु कुमार साह
सप्तरी ४ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार अनिरुद्ध कुमार सिंह

सिरहाबाट
सिरहा १ (क) बाट निर्वाचित नेकपा एमालेका राजेन्द्र प्रसाद चौधरी थारु
सिरहा १ (ख) बाट निर्वाचित जसपाका राजकुमार गुप्ता
सिरहा २ (क) बाट निर्वाचित जनमत पार्टीका सञ्जयकुमार यादव
सिरहा २ (ख) बाट निर्वाचित नेकपा एमालेका शत्रुधन प्रसाद सिंह
सिरहा ३ (क) बाट निर्वाचित एमालेका मनोज कुमार सिंह
सिरहा ४ (क) बाट निर्वाचित जनमत पार्टीका त्रिभुवन साह
सिरहा ४ (ख) बाट निर्वाचित लोसपाका रामबाबु यादव

धनुषाबाट
धनुषा १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका संजय कुमार महतो
धनुषा २ (क) बाट निर्वाचित नेकपा एमालेका लखन दास तत्मा
धनुषा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका दिपेन्द्र कुमार ठाकुर
धनुषा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शेषनारायण यादव
धनुषा ४ (ख) बाट नेकपा एमालेका हरिनारायण महतो

महोत्तरीबाट
महोत्तरी ४ (क) बाट निर्वाचित नेकपा एमालेका सरोज कुमार यादव

सर्लाहीबाट
सर्लाही २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका जंगीलाल राय
सर्लाही २ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कौशल किशोर राय
सर्लाही ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार जवाहर लाल कुशवाहा
सर्लाही ४ (ख) बाट निर्वाचित माओवादी केन्द्रका फकिरा महतो

रौतहटबाट
रौतहट १ (क) बाट निर्वाचित नेपाली कांग्रेसका नागेन्द्र साह
रौतहट १ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका कृष्ण कुमार यादव
रौतहट २ (क) बाट निर्वाचित नेकपा एमालेका मो. जैद आलम
रौतहट २ (ख) बाट निर्वाचित नेकपा एसका कनिश पटेल
रौतहट ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार केशव राय
रौतहट ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका सुनिल कुमार यादव
रौतहट ४ (क) बाट निर्वाचित माओवादी केन्द्रका युवराज भट्टराई

बाराबाट
बारा १ (क) बाट निर्वाचित नेकपा एमालेका त्रिलोकी प्रसाद
बारा २ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार शारदा शंकर प्रसाद कलवार
बारा ३ (क) बाट निर्वाचित नेकपा एमालेका रविन्द्र दास श्रेष्ठ
बारा ३ (ख) बाट निर्वाचित नेकपा एमालेका महम्मद समीर
बारा ४ (क) बाट निर्वाचित नेकपा एमालेका देवनारायण थारु

पर्साबाट
पर्सा १ (क) बाट निर्वाचित माओवादी केन्द्रका रहबर अंसारी
पर्सा २ (क) बाट निर्वाचित नेपाली कांग्रेसका श्याम प्रसाद पटेल
पर्सा ३ (क) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार प्रमोद कुमार जयसवाल
पर्सा ३ (ख) बाट निर्वाचित नेपाली कांग्रेसका जर्नादन सिंह क्षेत्री
पर्सा ४ (क) बाट निर्वाचित नेपाली कांग्रेसका शंकर प्रसाद चौधरी

समानुपातिक कोटाबाट प्रदेशसभामा प्रवेश पाएका नयाँ अनुहार 

नेपालीकांग्रेसबाट 

कुमरकान्त झा 
रेखा ठाकुर
जिवछीकुमारी यादव
इन्दुकुमारी साह 
अञ्जना पण्डित
शकुन्तीदेवी महरा
नीलमकुमारी रजक
नुरुन नेसा
मीनाकुमारी लामा


नेकपा एमालेबाट

जयचन्द्र प्रसाद पटेल
पल्टी देवी यादव
फुलोकुमारी देवी
विना देवी शर्मा 
शिला यादव
पल्टीदेवी महरा
जैनव खातुन
मञ्जुकुमारी थापा मगर 

जनमत पार्टीबाट

बबिताकुमारी राउत इसर 
अनिताकुमारी साह
चन्दन कुमार सिंह
बसन्त कुशवाहा
रञ्जुकुमारी मण्डल खंग
हसिना खातुन
भाग्यश्री कुमारी चौधरी

जसपाबाट

विन्दुकुमारी यादव
किरणकुमारी साह 
शोभा देवी 
ललिता दास
शहिदा खातुन 
ममता मण्डल

नेकपा माओवादी केन्द्रबाट

सुनिता यादव 
माला कर्ण
शारदा पहाडी 
मो. रजी हैदर

नेकपा एकीकृत समाजवादी पार्टीबाट

लक्ष्मी देवी
रत्नेश्वर गोइत यादव
किशोरी देवी

लोकतान्त्रिक समाजवादी पार्टीबाट 
रुपाकुमारी यादव 
रमिता प्रधान

राप्रपाबाट
कञ्चन विच्छा

नेपाल संघीय समाजवादी पार्टीबाट
विमला अन्सारी तरुन्नुम 

नागरिक उन्मुक्ति पार्टीबाट 
रामचन्द्र चौधरी

यी हुन् मधेस प्रदेश सभामा दोस्रो कार्यकालका लागि पुनः निर्वाचित सांसदहरु 

सप्तरी ४ (क) बाट निर्वाचित नेकपा एकीकृत समाजवादीका गोवीन्द बहादुर न्यौपाने
सिरहा ३ (ख) बाट निर्वाचित नेकपा एसका प्रमोद कुमार यादव
धनुषा १ (ख) बाट निर्वाचित नेकपा एमालेका रामचन्द्र मण्डल
धनुषा २ (ख) बाट निर्वाचित जसपाका रामअशिष यादव
धनुषा ३ (क) बाट निर्वाचित नेपाली कांग्रेसका रामसरोज यादव
महोत्तरी १ (क) बाट निर्वाचित नेकपा एमालेकी शारदा थापा
महोत्तरी १ (ख) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका भरत प्रसाद साह
महोत्तरी २ (क) बाट निर्वाचित लोसपाका जयनुल राइन
महोत्तरी २ (ख) बाट निर्वाचित स्वतन्त्र उम्मेदवार सुरिता कुमारी साह
महोत्तरी ३ (क) बाट निर्वाचित लोसपाका अभिराम शर्मा
महोत्तरी ३ (ख) बाट निर्वाचित लोसपाकी रानी कुमारी तिवारी
महोत्तरी ४ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार सिंह
सर्लाही १ (क) बाट निर्वाचित लोसपाका उपेन्द्र महतो
सर्लाही १ (ख) बाट निर्वाचित नेकपा एसकी बेची लुंगेली
सर्लाही ३ (ख) बाट निर्वाचित जसपाका संजय कुमार यादव
सर्लाही ४ (क) बाट निर्वाचित कांग्रेसका बीरेन्द्र कुमार सिंह
रौतहट ४ (ख) बाट निर्वाचित जसपाका शेख अबुकलाम अजाद
बारा १ (ख) बाट निर्वाचित जसपाका सरोज कुमार यादव
बारा २ (ख) बाट निर्वाचित जसपाका बच्चा राउत अहिर
बारा ४ (ख) बाट निर्वाचित लोसपाका जितेन्द्र सोनल
पर्सा १ (ख) बाट निर्वाचित जसपाका लालबाबु राउत
पर्सा २ (ख) बाट निर्वाचित लोसपाका रमेश प्रसाद कुर्मी
पर्सा ४ (ख) बाट निर्वाचित जसपाका सिंगासन सा कलवार
जसपाका समानुपातिका सांसद मनिषकुमार सुमन

  • प्रकाशित मिति : पुस १५, २०७९ शुक्रबार १९:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया