logo-img

गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन गठन गर्‍यो विज्ञ टोली
फाइल तस्बिर

गृहमन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ एक विज्ञ टोलीको गठन गरेको छ । मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न पहल थालेको हो । 

सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको छ । उक्त टोलीले बुझाएको अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधान गरिने बताइएको छ । 

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए । उनले सिंहदरबारमा सर्वसाधारणको सहज प्रवेशको लागि प्रधानमन्त्री प्रचण्डसँग पनि छलफल गरेका छन् । 







  • प्रकाशित मिति : पुस १६, २०७९ शनिबार १२:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया