logo-img

२०२२ मा सर्वाधिक विकेट लिने सूचीमा सोमपाल दोस्रो स्थानमा

नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामी सन् २०२२ मा एकदिवसीयमा सर्वाधिक विकेट लिने दोस्रो बलर बनेका छन् । उनले २०२२ मा १७ खेलमा ३३ विकेट लिए । यो वर्ष एकदिवसीयमा सोमपालको उच्च बलिङ प्रदर्शन ३९ रन दिएर ४ विकेट लिनु हो । 

नेपाली टिमका पूर्वकप्तान सन्दीप लामिछाने यो सूचीको छैटौँ स्थानमा रहे । उनले १४ एकदिवसीय इनिङ्समा २८ विकेट लिए । यो वर्ष सन्दीपको उच्च बलिङ २९ रन दिएर ४ विकेट लिनु हो । तीव्र गतिका बलर करण केसी २०२२ मा वानडेमा सर्वाधिक विकेट लिने मामलामा १६ औं स्थानमा रहे । 

उनले यो वर्ष १३ खेलमा २२ विकेट लिए । २०२२ मा एकदिवसीयमा करणको उच्च बलिङ प्रदर्शन ५ विकेट लिएर ३३ रन दिनु हो । यो वर्ष एकदिवसीयतर्फ सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा ओमानका बिलाल खान रहे । उनले १६ खेलमा सर्वाधिक ४३ विकेट लिए ।







  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार ९:२३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया