logo-img

मार्क ट्राभिसको ‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद ‘निर्देशकको यात्रा’ सार्वजनिक

काठमाडौँ – आजभन्दा दुई दशकअघि अमेरिकामा प्रकाशित फिल्म निर्देशनसम्बन्धी पुस्तक ‘‘डाइरेक्टिङ फिचर फिल्मस्’को नेपाली अनुवाद प्रकाशन भएको छ । ‘महानगर’ फिल्म निर्देशक मोहन राई अनूदित पुस्तकको शुक्रबार अभि सुवेदी, जोएल हिबोनेट, नविन सुब्बा, सुस्मा राईले संयुक्त रूपमा विमोचन गरे ।

पुस्तक सार्वजनिक कार्यक्रममा बोल्दै युरोपियन युनियनकी उपराजदूत हिबोनेटले फिल्म सञ्चारको सशक्त माध्यम भएको बताउँदै पुस्तक प्रकाशनले यो माध्यमको शक्तिलाई थप प्रभावशाली बनाउन मद्दत गर्ने धारणा राखेकी थिइन् । 

‘युरोपियन युनियनले पनि फिल्मको माध्यमलाई महसुस गरी नेपालमा युरोपियन फिल्म फेस्टिभल गरिरहेको छ । यस्ता किताबको प्रकाशनले नेपाली फिल्मकर्मीलाई थप प्रतिस्पर्धी सिनेमा बनाउन मद्दत गर्छ भन्ने विश्वास छ,’ उनले भनिन् । यसै गरी पुस्तक प्रकाशक मिडलवे फिल्मस् कि प्रमोटर सुस्मा राईले मोहन राई आफ्नो भाइ भएको र उसले फिल्म निर्माणसँगै यसको प्राज्ञिक काममा योगदान गरिरहेको देख्दा असाध्यै खुसी लागेको बताएकी थिइन् । ‘मैले किताब पढ्न पाएको छैन किनकि हिजो मात्र गाउँबाट फर्किएँ । तर मोहनले अनुवाद गरेको यो पुस्तकले हामी जस्ता सरकारी स्कुल पढेर अंग्रेजी भाषा बुझ्न संघर्ष गरिरहेकालाई मद्दत गर्छ भन्ने ठानेकी छु,’ उनले भनिन् । 







  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १५:११:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया