चर्च ब्वाइजको अपराजित यात्रा कायम, मछिन्द्र ३–१ ले पराजित

चर्च ब्वाइज युनाइटेड पोखरामा जारी आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको प्रतियोगितामा मछिन्द्रलाई ३–१ गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अपराजित यात्रा कायम राखेको हो । 

पहिलो हाफ २–० को अग्रता लिएको चर्च ब्याइजले दोश्रो हाफमा पुनः १ गोल थप्यो । ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले दोश्रो हाफमा १ गोल मात्रै फर्काउन सक्यो । 

२३ औं मिनेटमा आशिष चापागाईंले गोल गर्दै चर्च ब्वाइजलाई अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा आशिषले नै दोश्रो गोल गरे । चर्चले ६७ औं मिनेटमा तेश्रो गोल गर्यो । आशिषको पासलाई सदुपयोग गर्दै आशिष चौधरीले गोल गरे । 

मछिन्द्रले ८९ औं मिनेटमा सान्त्वना गोल फर्काएको हो । मछिन्द्रका लागि सौरव सुब्बाले गोल गरे । खेलमा धेरै अवसर पाएपनि मछिन्द्र गोल गर्नबाट चुक्यो । 
 





  • प्रकाशित मिति : पुस १७, २०७९ आइतबार १८:१३:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया