logo-img

कांग्रेसको छिर्के दाउ : राप्रपाको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको रिहाइको माग गरेको छ । नेपाली कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले शान्तिपूर्ण प्रर्दशनमा राज्यको तर्फबाट बल प्रयोग भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस्तो माग गरेको हो । 

राप्रपाले मंगलबार बिहान ११ बजेदेखि काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन गरेको थियो । प्रदर्शनका क्रममा प्रदर्शनकारीहरू सिंहदरबारको प्रमुख गेटतर्फ अघिबढ्ने क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको थियो । झडपका क्रममा राप्रपाका प्रवक्त ज्ञानेन्द्र शाहीसहित ‘ जना पक्राउ परेका थिए ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश दलका नेता तथा निवर्तमान मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले उक्त घटनाप्रति कांग्रेस संसदीय दलको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

राप्रपाको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग हुनु दुखद् भएको भन्दै उनले प्रदर्शनमा सहभागीहरूलाई लाठी चार्ज गर्ने, पानीको फोहोरा र अश्रुग्यास प्रहार गरी गम्भीर घाइते बनाइएको, केही सहभागीलाई पक्राउ गरिएकोप्रति कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । 

उक्त घटनाको घोर निन्दा र भत्सर्ना गर्दै घाइतेहरूको उपचार गर्न र पक्राउ गरिएकाहरुको विनासर्त तत्काल रिहाईको मागसमेत गरिएको छ ।

माओवादीसँगको सत्तासाझेदारीमा रहेका बेला राप्रपाप्रति अनुदार व्यवहार गर्दै आएके कांग्रेसले अहिले प्रतिपक्षमा पुगेपछि राप्रपाको बचाउ गरेको हो । लुम्बिनीलगायत केही प्रदेशमा राप्रपाको साथ पाएमा कांग्रेस सत्तामा पुग्ने सम्भावना छ । सोही कारण पनि कांग्रेसले राप्रपाको बचाउ गरेर सत्ताका लागि छिर्के दाउ लगाएको अनुमान गर्न सकिन्छ ।   





  • प्रकाशित मिति : वैशाख ९, २०८१ आइतबार २३:१३:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया