फ्रान्सेली लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लेन्ससँग पराजित भएको छ । गएराति सम्पन्न खेलमा ऊ लेन्ससँग ३–१ ले पराजित भएको हो ।
पिएसजी जारी सिजनमा पराजित भएको यो पहिलोपटक हो । लेन्स पनि याे सिजनमा एकपटक मात्र पराजित भएको छ । फेलिक्स बोल्लार्ट–डेलिलिस स्टेडियममा भएको खेलमा लेन्सलाई सुरुआती अग्रता दिलाउने क्रममा पाँचाैँ मिनेटमै प्रजेमिस्लाव फ्रान्कोव्स्कीले गोल गरे । यद्यपि उसको अग्रता लामो समयसम्म भने टिक्न सकेन ।
आठौं मिनेटमा पिएसजीका ह्युगो एकिटिकेले गोल गर्दै खेल १–१ को स्थितिमा ल्याए । लेन्सका लोइस ओपेन्डाले २८ औं मिनेटमा गोल गर्दै खेललाई २–१ ले अगाडि बढाए । ४७ औं मिनेटमा एलेक्सिस क्लाउड मौरिसले गोल गर्दै लेन्सलाई ३–१ को उत्कृष्ट जित दिलाए ।
यो खेलमा पिएसजीका लियोनल मेसी र नेयमारले खेलेनन् । मेसी विश्वकप सफलतापछि अझै आराम गरिरहेका छन् । नेयमार यसअघिको खेलमा प्राप्त रातो कार्डका कारण टिममा परेका थिएनन् ।
यो हारका बाबजुत पनि पिएसजी ४४ अंकका साथ शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानमा रहेको लेन्सको ४० अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।