logo-img

दैलेखमा टिप्पर दुर्घटना, चालककाे मृत्यु

दैलेख जिल्लाको दुल्लु नगरपालिकामा टिप्पर दुर्घटनामा परेर चालककाे मृत्यु भएकाे छ। दुल्लु नगरपालिकाको भे१ग ७७ नम्बरको टिप्पर दुर्घटनामा परेको हो। 

दुल्लु नगरपालिका–८ र ९ को वडा कार्यालयका लागि फर्निचरका सामग्री लिएर गएको टिप्पर दुर्घटनामा परेको हो।

दुल्लुबाट पादुकातर्फ गइरहेको टिप्पर दुल्लु नगरपालिका–९ पादुकास्थित मध्यपहाडी राजमार्गमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएकाे छ । 

दुर्घटनामा टिप्पर चालक दुल्लु नगरपालिका–३ का २९ वर्षीय धनबहादुर बुढाको निधन भएको छ। उनको दुल्लु अस्पतालमा उपचारका क्रममा निधन भएको हाे ।
 
दुल्लु नगरपालिका–७ का ३५ वर्षीय नगेन्द्र रावत र दुल्लु नगरपालिका–२ का ३२ वर्षीय पूर्ण थापा घाइते भएका छन्। उनीहरूको दुल्लु अस्पतालमा उपचार भइरहेको छ। 





  • प्रकाशित मिति : पुस १९, २०७९ मंगलबार १७:७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया