यस्तो छ सुदूरपश्चिम कांग्रेस संसदीय दलको नेता छान्न निर्वाचन तालिका

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कांग्रेसको प्रदेश कार्यसमितिका अनुसार दलको नेता चयन गर्न बुधवार (आज) ४ देखि ५ बजेसम्म निर्वाचन हुँदैछ। 

निर्वाचन समितिका अनुसार प्रदेश उपसभापति लोकराज अवस्थी संयोजक, उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा काँग्रेस प्रदेश सदस्यहरु सुरत रावत र रामबहादुर देउवा सदस्य रहेको समितिले निर्वाचन गराउँदैछ । 

नेपाली कांग्रेसका सात जना प्रदेश सभा सदस्यहरुले दलको नेताका लागि आकाङ्क्षा देखाएका छन्। प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का लगायतले कांग्रेस  संसदीय दलको नेतामा आकाङ्क्षा देखाएका हुन्। 

उनीहरु बिचमा सहमती नभएपछि आज निर्वाचन हुने भएको हो । सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन् । सुदूरपश्चिम प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल हो।  

यस्तो छ संसदीय दलको नेता छान्न निर्वाचन तालिका





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १२:४५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया