बालुवाटारमा सत्तारुढ दलको बैठक

सत्तारुढ दलको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ दलको बैठक बसिरहेको हो ।

बैठकमा सरकारले ल्याउने साझा न्यूनतम कार्यक्रमका विषयमा पनि छलफल हुनेछ । यसैगरी बैठकमा २६ पुुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा लिने विश्वासको मतको विषयमा छलफल हुनेछ । 

साथै मन्त्रिपरिषद् विस्तारदेखि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख पद बाँडफाँटका विषय पनि बैठकको छलफलको एजेण्डा रहेको छ । 

बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी सभापति तथा उप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी छन् । 





  • प्रकाशित मिति : पुस २०, २०७९ बुधबार १७:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया