logo-img

को बन्ला कर्णालीको मुख्यमन्त्री ?

सत्तारुढ दलमा कर्णाली प्रदेशमा पहिलो दल रहेको नेकपा (माओवादी केन्द्र)ले आफूले जसरी पनि मुख्यमन्त्री पाउनुपर्छ भन्दै केन्द्रीय स्तरमा दबाब बढाएको छ । अन्य प्रदेशभन्दा कर्णालीमा माओवादीको अवस्था राम्रो भएको भन्दै कर्णालीमा मुख्यमन्त्रीको दाबी रहेको माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालिबहादुर मल्लले बताए ।

प्रदेशसभामा नेकपा एमालेका १० र माओवादीका १३ सिट रहेका छन् । सरकार बनाउनका लागि २१ सिट आवश्यक पर्ने भए पनि दुई दल मिलाउँदा २३ सिट पुग्छ । नेकपा एमालेको तर्फबाट मुख्यमन्त्रीमा दाबी गरिरहेका यामलाल कँडेल मुख्यमन्त्रीको दौडमा रहेका छन् ।

नेकपा एमाले कर्णाली प्रदेशको एक कार्यदलले कर्णालीमा मुख्यमन्त्री आफूले पाउनुपर्ने भन्दै केन्द्रको ध्यानाकर्षण गराएको छ । आज मात्र प्रदेश प्रमुख तिलक परियारले २७ गते बेलुकी ५ बजे सम्म मुख्यमन्त्रीको दाबी गर्न आग्रह गरिसकेको छ । 



मुख्यमन्त्री माओवादीले पाउनुपर्ने त्यसमा पनि रुकुम पश्चिमका राजकुमार शर्मालाई नै गराउनुपर्ने भन्दै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा व्यापक रुपमा लागेका बताइएको छ । राजकुमार शर्माका सन्तानसमेत रहेका छन् ।

कर्णालीमा माओवादीका अर्का पिल्लरका रुपमा रहेका उपमहासचिव शक्तिबहादुर बस्नेतको जिल्ला जाजरकोटमा माओवादीको प्रदेशसभा सदस्य नै नभएका कारण राजकुमारलाई नै मुख्यमन्त्री बनाउनका लागि दबाब दिइरहेको बताएको छ ।

कर्णालीमा आफ्नो इज्जत र प्रतिष्ठाको विषयमा भएको भन्दै माओवादीले मुख्यमन्त्री दाबी गरेको माओवादी नेताहरू बताउँछन् । योभन्दा पहिला पनि कर्णालीमा सरकारको पहिलो नेतृत्व माओवादीले नै गरेको थियो । केन्द्रमा सहमति नभई प्रदेशमा केही नहुने माओवादी कर्णाली इन्चार्ज मल्लले बताए । २७ गते नै फाइनली टुंगो लाग्ने उनले बताए । अहिलेसम्म कुनै पनि सहमति नभएको उनको भनाइ छ ।



मुख्यमन्त्री माओवादीले पाए सभामुख एमाले र उपसभामुख माओवादी पाउने नेताहरुले बताएका छन् । यदि एमालेले मुख्यमन्त्री पाएको खण्डमा सभामुख माओवादीले पाउनेछ । यसको लागि केन्द्रमै निर्णय भएर प्रदेशमा आउने नेताहरूले बताएका छन् । 



  • प्रकाशित मिति : पुस २१, २०७९ बिहीबार १८:४०:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया