इंग्लिस प्रिमियर लिगअन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । स्टामफोर्ड ब्रिजमा भएको खेलमा सिटीले चेल्सीलाई १–० गोल अन्तरले हराएको हो ।
सिटीको रोमाञ्चक जितमा रियाद महारेजले निर्णायक गोल गरे । चेल्सीको घरेलु मैदानमा महारेजले ६३औं मिनेटमा गोल गरेका थिए । उनले ज्याक ग्रेलिसको पास सदुपयोग गर्दै गोल गर्न सफल भए ।
यो जितसँगै सिटीले शीर्ष स्थानको आर्सनलसँगको अंक दूरी छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीले १७ खेलबाट ३९ अंक जोडेको छ । १७ खेल नै खेलेको आर्सनलको ४४ अंक छ ।
छैटौँ हार बेहोरेको चेल्सीले १७ खेलमा सातमा जित ६ मा हार र चार खेलमा बराबरी खेलेको छ । छैटौँ हारले शीर्ष चारमा पुग्ने चेल्सीको सम्भावना कमजोर बनेको छ । ऊ १७ खेलबाट २५ अंकका साथ तालिकाको १०औं स्थानमा छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।