लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताउँदै प्रधानले भने - राप्रपाले क्षणिक निर्णय लिँदैन
फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता तथा सांसद ध्रुवबहादुर प्रधानले राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको बताएका छन् । प्रतिनिधिसभाको पहिलो बैठक सञ्चालनबारे संघीय संसद भवन बानेश्वरमा आयोजित सर्वदलीय बैठक सकेर बाहिरिने क्रममा संचारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

नेता प्रधानले राप्रपाले क्षणिक निर्णय नलिनेसमेत बताए । उनले भने, ‘राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको प्रस्ताव आएको छ। क्षणिक रूपमा निर्णय लिनुहुन्न। यही गठबन्धनलाई विश्वासको मत दिएर अघि बढ्छौँ ।’

प्रतिनिधिसभाको पहिलो बैठक यही २५ गते दिउँसो १ बस्दै छ भने २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने लिने छन् । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १५:५५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया