logo-img

गोरखाबाट हराएका चार किशोरी तनहुँमा भेटिए
प्रतीकात्मक तस्बिर

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हराएका चार जना किशोरी फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरीहरू आज तनहुँमा फेला परेको जिल्ला कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।

‘हराएका सबै चार किशोरीलाई दिउँसो ४ः३० बजे तनहुँको बरादीमा भेटिएको हो,’ उनले भने, ‘उनीहरूलाई गोरखा ल्याउने तयारी भइरहेको छ ।’

महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हराएका थिए ।

किशोरीहरू विद्यालयबाट सम्पर्कविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । हराएकीमध्येकी एक सरिता परियारको आफन्तको घरमा भेटिएको प्रहरी उपरीक्षक खनालले बताए । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा परियारको उक्साहटमा उनीहरू विद्यालयबाट भागेको पाइएको उहाँले जानकारी दिए । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 





  • प्रकाशित मिति : पुस २२, २०७९ शुक्रबार १९:१८:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया