कांग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिका विषयमा सहमति भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग शक्ति बाँडफाँटको विषयमा कुनै सहमति नभएको प्रतिक्रिया दिएका छन् । 

मंगलबार बसेको प्रतिनिधिसभामार्फत विश्वासको मत प्राप्त गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग राष्ट्रपति, उपराष्ट्रपतिका विषयमा सहमति नभएको बताएका हुन् । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न सोमबार साँझ प्रधानमन्त्री प्रचण्ड धुम्बाराही पुगेका थिए । यसपछि मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको छ । जसकारण प्रधानमन्त्री प्रचण्ड र कांग्रेसबीच शक्ति बाँडफाँटका विषयमा सहमति भएको हो कि भन्ने आशंका उब्जिएका बेला प्रधानमन्त्री प्रचण्डले कुनै पनि सहमति नभएको प्रतिक्रिया दिएका हुन् । 

२६८ सांसदकाे समर्थनसहित प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत पाएका छन् । 





  • प्रकाशित मिति : पुस २६, २०७९ मंगलबार १८:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया