logo-img

थापाथलीका सुकुम्बासीले भने– अन्यत्र व्यवस्था भए यो स्थान छाड्न तयार छौँ

थापाथलीस्थित बागमती नदी किनारका सुकुम्बासीहरु अन्यत्र बसोबासको व्यवस्था भए अहिलेको स्थान छाड्न तयार भएको बताएका छन् । विगत दुई दशकभन्दा बढी समयदेखि नदी किनारमा सुकुम्बासीका रुपमा बस्दै आएका उनीहरुले सरकारले अन्यत्र बसोबासको विकल्प दिए आफू बागमती नदी किनार छाड्न तयार रहेको बताएका हुन् । 

उनीहरुमध्येका एक सुमन चौधरीले सरकारले अन्यत्र व्यवस्था गरिदिए आफूहरुलाई यो स्थान छाड्न सजिलो हुने बताए । उनी मात्र होइन सुकुम्बासी बस्तीमा लामो समयदेखि बस्दै आएका गोपाल पौडेल पनि चौधरीसँग सहमत छन् । बस्तीका अधिकांश मानिस सो स्थानबाट सर्न तयार रहेको बताए । 

एकीकृत बागमती सभ्यता विकास समितिका प्रवक्ता वीरेन्द्र थपलियाले थापथलीस्थित बागमती नदी किनारको सुकुम्बासी बस्ती स्थानान्तरणका लागि आफूहरुले अध्ययन गरिरहेको बताए । त्यहाँका सुकुम्बासी अर्को ठाउँमा व्यवस्था भए जान तयार रहेको भन्दै उनले यसका लागि छलफल चलिरहेको बताए ।



सम्बन्धित मन्त्रालयमा मन्त्री नियुक्त नभइसकेकाले निष्कर्ष निकाल्न नसकिएको उनको भनाइ छ । नयाँ मन्त्री आउनासाथ ‘ब्रिफिङ’का लागि तयारी पनि भइरहेको उनले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस २८, २०७९ बिहीबार २१:३७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया