भौतिक पूर्वाधारमन्त्री श्रेष्ठको निर्देशन - यातायात व्यवस्थाका सेवा सरल बनाउनू
फाइल तस्बिर

उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले यातायात व्यवस्थाका सबै सेवालाई छिटोछरितो बनाउन निर्देशन दिएका छन् ।

शनिबार सिंहदरबारस्थित मन्त्रालयमा सचिव गोपालप्रसाद सिग्देल, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डेयलगायत यातायातका कर्मचारीलाई यातायात व्यवस्थाका सबै सेवालाई अनलाइनसहित छिटोछरितो र सरल बनाउन निर्देशन दिएका हुन् । 

यातायात व्यवस्थाका सेवाको ढिलासुस्तीबारे जनगुनासो आएपछि मन्त्री श्रेष्ठले यातायातका सेवा सुविधालाई छिटोछरितो बनाउन निर्देशन दिएका उनका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।





  • प्रकाशित मिति : पुस ३०, २०७९ शनिबार १९:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया